जनकपुर । मधेश प्रदेशका वन तथा वातावरण मन्त्री त्रिभुवन साहले आफूमाथि लागेका कमिसन सम्बन्धी आरोपहरूलाई खारेज गर्दै ती आधारहीन, भ्रामक र कपोलकल्पित भएको स्पष्ट पारेका छन् । विभिन्न संचार माध्यममा मन्त्री साहको नाम जोड्दै मधेश प्रदेश सरकारका विकास योजनामा कमिसन लिएको भनी प्रकाशन र प्रसारण गरिएको समाचार प्रति मन्त्री साहले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्…