काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली काङ्ग्रेस डुब्छ भन्ने हल्ला मात्र भएको बताएका छन् । शनिबार पोखरामा आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै महामन्त्री थापाले बेला बेलामा पार्टीका नेताले अधिवेशन नै नहुने खतरा, पार्टी नै डुब्ने खतरा भनेर चर्चा गर्नुको अर्थ नभएको बताएका हुन् । उनले भने, ‘पञ्चायतको प्रतिबन्धित कालमा समेत पार्टी सञ्चालन गरेर आएका…