आजदेखि कामु प्रधानन्यायाधीशमा सपना प्रधान मल्ल

काठमाडौं । सर्वोच्च अदालतमा नेतृत्व फेरिएको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत अनिवार्य अवकाशमा गएसँगै वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले कायममुकायम रूपमा अदालतको बागडोर सम्हालेकी छन्। संवैधानिक प्रावधानअनुसार प्रधानन्यायाधीशको पद खाली हुँदा वरिष्ठ न्यायाधीशले जिम्मेवारी लिने व्यवस्था छ। सोही आधारमा मल्ल बुधबारदेखि कार्यवाहक प्रमुख बनेकी हुन्। अब स्थायी प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया भने राजनीतिक र संसदीय चरणतर्फ…

Logo