काठमाडौं । नेकपा (एमाले)ले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गिरफ्तारी र शान्तिपूर्ण आन्दोलनमाथि सरकारले गरेको प्रहरी दमनको घोर भर्त्सना गरेको छ। पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले सरकारको उक्त कदमलाई अलोकतान्त्रिक र अधिनायकवादी चरित्रको पराकाष्ठा ठहर गर्दै कडा प्रतिवाद गर्ने निर्णय गरेको हो। बैठकले सरकारी कदमको विरोधमा आगामी वैशाख १२ गते राजधानी काठमाडौंमा विशाल…