काठमाडौं । एक दर्जन भन्दा बढी घाइते जेनजीले सुशीला कार्कीको सरकारलाई आफ्ना माग सम्बोधन नगरी निर्वाचन गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी यथास्थितिमा हुनगइरहेको चुनावले देशलाई निकास दिन नसक्ने ठोकुवासमेत गरेका छन् ।जेनजी अगुवा बुद्धनाथ सिंहले ऐतिहासिक जेनजी आन्दोलनका उपलब्धिहरुलाई सरकारले सडकमै छाडेर चुनावमा हेलिएको भन्दै आपत्ति जनाए…