रुकुम पूर्व । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत मतदाता भेटघाट कार्यक्रमका क्रममा पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको पर्यटकीय स्थल तकसेरा पुगेका छन् । तकसेरा पुगेका उनलाई स्थानीयवासीले भव्य स्वागत गरेका छन् । स्वागत कार्यक्रममा महिला दिदीबहिनीहरू बालबच्चासहित नाचगान गर्दै सहभागी भएका थिए भने स्थानीय युवाहरूले पनि उत्साहजनक उपस्थिति जनाएका थिए । स्वागतपछि आयोजित…