प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोग स्थानीय तह निर्वाचनलाई सार्नको लागि ल्याइएको बताएका छन् । सोमबार बसेको एमालेको संघीय संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानन्यायाधीश जबरामाथि सत्तारुढ गठबन्धनले महाअभियोग लगाएर स्थानीय तहको निर्वाचन सार्न खोजेको बताएका हुन । उनले प्रधानन्यायाधीशलाई बोकेर हिँड्ने…