कोरोना महामारीका कारण २५ जनाभन्दा बढी भिडभाड गर्न नपाइने, सभा, सम्मेलन, भोज आयोजना गर्न वा गराउन नपाइने जस्ता मापदण्ड जारी गरिएकाे छ। तर,मधेस प्रदेश सरकारका सूचना, सञ्चार तथा संघीय मामिलामन्त्री भरतप्रसाद साहले पाँच हजारभन्दा बढी निमन्त्रणा कार्ड वितरण गरेर कोरोना मापदण्डको खुलेआम धज्जी उडाएका छन्। १३ माघमा मन्त्री साहकी छोरी मेघा साहको विवाह रौतहट निवासी…