नेपाली कांग्रेसको खुल्लातर्फको महिला केन्द्रीय सदस्यको मतगणना जारी छ। आइतबार रातिदेखि मतगणना सुरु भए पनि बीचमा स्थगित भई सोमबार बिहानदेखि मात्रै पुनः गन्न थालिएको हो। खुल्लातर्फको महिला केन्द्रीय सदस्यमा सबैभन्दा अगाडि डा.डिला संग्रौला छिन्। १६ सय मत गन्दा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी डा.आरजु राणा देउवा तेस्रो नम्बरमा छिन् । संग्रौलाले एक हजार…