नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सभापतिको निर्वाचनमा प्राप्त ४० प्रतिशत मतले आफू भावविभोर भएको बताएका छन्। कांग्रेस परिवर्तनको पक्षमा उभिने मतपरिणामबाट धेरै उत्साही र धेरै हतोत्साही नहुने उल्लेख गर्दै सभापतिमा निर्वाचित भएकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई र शुभकामना दिएका छन्। कोइरालाले देउवाको सभापतिको दोस्रो कार्यकालमा कांग्रेसको गौरव पुनर्स्थापित हुने विश्वास पनि व्यक्त गरेका छन्। सभापतिको…