नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेद्वारी दिएका मीन विश्वकर्माले आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन्। शनिबार दलित कलस्टरबाट उम्मेद्वारी दिएका उनले आइतबार फिर्ता लिएका हुन् । कांग्रेस निर्वाचन समितिका अनुसार आइतबार बिहान ११ बजेसम्म उम्मेद्वारी फिर्ता लिन सकिने र मध्यान्ह सवा १२ बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिनेछ।