सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तिहार (दीपावली) खुशीयाली साटासाट गर्ने सामाजिक एकताको पर्वका रूपमा रहेको बताएका छन् । शुभकामना सन्देश जारी गर्दै उनले तिहारले प्रदेशवासीलाई आपसी सद्भाव, भातृत्व र एकताको सूत्रमा आवद्ध गरी खुशीयाली साटासाट गर्नाका साथै सामाजिक एकता कामयम गर्न सघाउ पुर्याउने बताएका हुन् । प्रदेशवासीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोउत्तर प्रगतिको कामना…