नेकपा एमालेले खोटाङको हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मीटारमा महिला मात्रको वडा कमिटी निर्माण गरेको छ। आइतबार सम्पन्न वडा अधिवेशनबाट एमालेले तारमिला राईको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन गरेको हो। महिलाको क्षमतामा विश्वास नगर्ने तथा नेतृत्वमा पुरुषलाई मात्र अघि सार्ने परिपाटीका बीच महिलालाई अघि सारिएको एमालेबाट च्यास्मीटारको वडाध्यक्षमा निर्वाचित भलाराज राईले बताए। वडा कमिटीको उपाध्यक्षमा कमलकुमारी…