आध्यात्मिक हिसाबले यसपालि मेरो दसैँ छैन। पोहोर पनि थिएन। परार पनि थिएन। तर दसैँको रमझम लागेको छ। पुराना साथीहरूसँग भेटघाट, अहिले पार्टीको अधिवेशन लागेको हुँदा अधिवेशनसँग सम्बन्धित विभिन्न छलफलहरू, आफूसँगै पढेका साथीहरूसँग पुनर्मिलन हुन्छ। यसपालि विशेषत: घुमघाम, भेटघाट र अधिवेशनसम्बन्धी छलफल हुन्छ। गाउँमा पारिवारिक भेटघाट, पुराना आत्मिय र विद्यार्थीकालका साथीहरू भेटघाट र अधिवेशनसम्बन्धी विमर्श हुन्छ।…