नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टी फुटाउने मनसायले नै सरकारले अध्यादेश ल्याएको भन्दै आपत्ति जनाएका छन् । मंगलबार सम्पादकहरुसँगको छलफलमा उनले दूषित मनसायले अध्यादेश ल्याएको भन्दै यही हो अग्रगमन भनी प्रश्न गरे । ओलीले परमादेशबाट सरकार बन्दा केहीलाई हाइसन्चो भए पनि यसले लोकतन्त्र कमजोर पार्ने बताए । ‘अहिले कतिलाई हाइसन्चो छ तर दीर्घकालमा…