एमालेको अवरोधका बीच सभामुखले थाले संसद्को कारवाही

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको प्रतिनिधिसभाको बैठक पनि अवरुद्ध गरेको छ। सभामुख अग्निप्रसाद सापकोटाले संसद्को कारवाही सुरु गर्न नपाउँदै एमालेले सभामुख अघिको वेल घेरेको हो। यसअघिको जस्तै एमालेले संसदीय मर्यादा कायम गर, संसद्को सर्वोच्चता कायम गर, सभामुखले दल फुटाउन पाउँदैनन् भन्दै विरोध गरेको छ। तथापि सभामुखले भने एमालेको अवरोधकाबीच संसद्को कामकारवाही सुरु गरेका छन्।…

Logo