नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सत्ता गठबन्धन आर्थिक विकासको अभियानलाई अवरुद्ध गर्न खोजेको आरोप लगाएका छन् । बिहीबार प्रज्ञा प्रतिष्ठानमा कार्यकर्तालाई प्रशिक्षण दिँदै पोखरेलले एमाले आर्थिक समृद्धिको बाहक भएको र सत्ता गठबन्धनले समृद्धिको अभियानलाई अवरुद्ध पार्ने खोजेको आरोप लगाए । नेपालको राष्ट्रिय राजनीतिक अहिले दुई ध्रुवमा विभाजित भएको, एकातिर देश बनाउने सपना बोकेको एमाले…