नेकपा (एमाले) स्थायी कमिटी सदस्य प्रदीपकुमार ज्ञवालीले आफूहरुको सहयोगबिना संसदबाट एमसीसी पास गर्न चुनौती दिएका छन् । शुक्रवार काठमाडौंमा आयोजित ‘नयाँ सरकारको कुटनीतिक अभिमुखिकरणः सम्भाव्य विश्लेषण’ विषयक विचार गोष्ठीमा बोल्दै नेता ज्ञवालीले वर्तमान सरकारसँग बहुमत रहेकाले प्रतिपक्षी दलको सहयोग बिना एमसीसी संसदबाट पास गर्न चुनौती दिएका हुन् । विगतमा एमाले नेतृत्वको सरकारले एमसीसी पास गर्न…