नेपाली कांग्रेसले १४औँ महाधिवेशनको लागि केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले कार्य सम्पन्न गरेका थप पाँच जिल्लाका क्रियाशील सदस्यताको नामावली प्रकाशित गरेको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिले निर्वाचन निर्देशिका २०७८ को दफा १ (ख) बमोजिम आज नुवाकोट, धादिङ, चितवन, ललितपुर र अर्घाखाँचीको क्रियाशील सदस्यको नामावली पार्टीको वेभसाइटमा प्रकाशित गरेको हो। क्रियाशील सदस्यताको नामावली प्रकाशित भएका सम्बन्धित…