नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विधानको परिधीभित्रै पार्टी महाधिवेशनको निर्वाचन सुरु हुनुपर्ने बताएका छन्। त्यसका लागि युद्धस्तरमा अहोरात्र खटेर क्रियाशील सदस्यता पारदर्शी ढंगले टुंग्याउनु पर्ने बताए। उनीपक्षीय जिल्ला सभापतिहरूले पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु गरेको रिले अनुसनप्रति आज ऐक्यवद्धता जनाउँदै महाधिवेशनका लागि सभापति शेरबहादुर देउवासँगै बाँकी नेताहरू इमान्दार हुनुपर्ने पनि बताए। यसअघि सभापति देउवाले…