निर्वाचन आयोगले ११ साउनमा गरेको फैसलाविरूद्ध महन्थ ठाकुरले दायर गरेको निवेदनको सुनुवाइ आज हुँदैछ। न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासका सुनुवाइका लागि निवेदनको पेसी चढाइएको छ। यस अघि सो रिटलाई दुई पटक हेर्न नभ्याइने सूचीमा राखिएको थियो। ठाकुरले १५ साउनमा निवेदनमार्फत् आयोगको निर्णयलाई बदर गर्न माग गरेका छन्। १ असारमा उनी आफैंले हेरफेर गरेको राष्ट्रिय कार्यकारिणी…