नेकपा एमालेले भारतीय ज्यादतीविरुद्ध संसदमा विरोध जनाएको छ। भारतीय एसएसबीले महाकाली नदीमा तुईन काटिदिएर १४ साउनमा वेपत्ता भएका जयसिंह धामी घटनाको विरोधबारे संसदमा आवाज उठेको छ । एमालेले धामीको आफन्तले एसएसबीविरुद्ध भारतमै किटानी जाहेरी समेत दिइसकेको अवस्थामा वर्तमान सरकारले भने नेपालका लागि भारतीय राजदूतलाई बोलाएर औपचारिक रुपमा विरोध जनाउन नसकेको भन्दै सरकारको आलोचना गरेको छ।…