नेकपा माओवादी केन्द्रबाट पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ र पूर्वसभामूख कृष्णबहादुर महरा दुवैले मन्त्री बन्न चाहना राखेपछि पार्टीलाई मन्त्री टुंगो लगाउन सकस परेको छ। बढीमा सातजना फूल मन्त्री र एक राज्यमन्त्री भागमा परेको माओवादी केन्द्रमा यतिबेला सबै सांसद मन्त्रीबन्न आकांक्षी छन्। तीमध्ये जनार्दन शर्मा र पम्फा भूसाल मन्त्री बनिसकेका छन्। बाँकी पाँच मन्त्रीमा क–कसलाई पठाउने भन्ने…