असार १ मा हेरफेर गरिएको राष्ट्रिय कार्यकारिणी समितिको आधारमा जनता समाजवादी पार्टीको आधिकारिकता विवाद निरूपण हुनुपर्ने माग गर्दै महन्थ ठाकुर पक्षले दायर गरेको निवेदनको सुनुवाइ सर्वोच्च अदालतले 'हेर्न नभ्याइने' मा राखेको छ। न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासमा आइतबार निवेदन सुनुवाइका लागि पेसी तोकिए पनि समय अभाव भएपछि 'हेर्न नभ्याइने' मा राखेको हो। ठाकुर पक्षले ११…