नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको महाधिवेशन निर्धारित मितिमै हुनुपर्ने बताएका छन्। भक्तपुरको कौशलटारमा कांग्रेसका युवा नेता तथा लेखक गुरुराज घिमिरेको कविता सङ्ग्रह ‘मृत्युसँगको साक्षात्कार’ विमोचन गर्दै उनले निर्धारित मितिमा महाधिवेशन हुन नसके कांग्रेसको वैधानिकता गुम्ने खतरा हुने बताए। अहिले आफ्नो एकमात्र अर्जुन दृष्टि भनेकै निर्धारित महाधिवेशन गर्नुनै रहेको छ भन्दै उनले…