नेकपा एमाले केन्द्रीय कमिटी सदस्य रामकुमारी झाँक्रीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएकी छिन्। प्रधानमन्त्री देउवाले हतार गरेर आजै विश्वासको मत लिन संसद् सचिवालयलाई पत्रसमेत पठाएपछि एमाले माधव नेपाल पक्षकी युवा नेतृ झाँक्रीले मत दिने बताएकी हुन्। उनले सामाजिक संजालमार्फत प्रधानमन्त्रीलाई विश्वासको मत दिनु आफ्नो कर्तव्य हो भनेकी छिन्। सर्वोच्च अदालतको परमादेशपछि बनेको सरकार…