नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन्। पछिल्लो समय संसद् विघटननदेखि पुनस्र्थापनासम्म प्रधानमन्त्रीलाई विश्वासको मत दिने बेलासम्म देखिएको चरम अनैतिक राजनीतिक व्यवहारका कारण राजीनामा दिएको उनले बताए। संसद् भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै पछिल्लो समयमा देखिएको विकृति र विसंगति तथा षड्यन्त्रकारी चरित्रका कारण आफू यो निर्णय लिएको उनले सुनाए। ‘पछिल्लो…