प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाहेक नै विश्वासको मत पाउने भएका छन्। कांग्रेसबाट ६१, माओवादी केन्द्रबाट ४९, जनता समाजवादी पार्टी (जसपा) बाट ३२ गरी देउवाले १४२ मत पाउने निश्चित भएको छ। उनलाई एमालेको माधवकुमार नेपाल पक्षका सांसदहरूले पनि विश्वासको मत दिने भएका छन्। राष्ट्रिय जनमोर्चाले पनि उनलाई विश्वासको मत दिने जनाएको छ।…