नेपाल बार एशोसिएशनले महामारीका अवस्थामा जनताको स्वास्थ्योपचार र जीवनयापनको समस्या समाधानका लागि सर्वोच्च अदालतले दिएको आदेशको प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको छ। बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले विज्ञप्ति जारी गरी आदेशको प्रभावकारी कार्यान्वयन भए वा नभएको सम्बन्धमा अनुगमन गर्नुपर्ने विषयमा सर्वोच्च अदालतका संयन्त्र क्रियाशील हुन आग्रह गरेका छन्। बारले महामारीमा कुनै पनि कानून व्यवसायीलाई पर्न…