विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रको समसामयीक राजनीतिमाथि विवेचना गरिएको पुस्तक ‘राजनीतिसँगै राजकाज’ सार्वजनिक भएको छ। शनिबार काठमाडौंमा एक कार्यक्रमका बीच पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेले पुस्तकको बिमोचन गरे। पुस्तकमा मिश्रले नेपालको राजनीतिको उठान, अभ्यास र वर्तमान अवस्थालाई केलाएका छन्। उनले नेपाली राजनीतिको दुरगामी लक्ष्य र अहिले भइरहेको…