नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी ओली नेतृत्वको सरकारले जनतालाई झुक्याउने काम गरेको बताएका छन्। असंवैधानिक कदम चालेका प्रधानमन्त्री अदालतले संसद पुनर्स्थापना गरेपछि पनि संसदीय प्रक्रियालाई कमजोर पार्ने संसदीय ब्यवस्था नै गलत हो भनेर जनतामा स्थापित गराउन संसदको उपेक्षा गरेर नियोजित रुपमा अघि बढेको समेत उनले आरोप लगाएका छन् । सिंहले प्रधानमन्त्रीलाई संसदमा उभिएर आफ्नो…