नेकपा (एमाले) ले माधवकुमार नेपालसहित चार नेतालाई सोमबार पार्टी विपरीतका गतिविधि गरेको भनी स्पष्टीकरण सोधेको छ । नेता भीमबहादुर रावल, सुरेन्द्रप्रसाद पाण्डे र घनश्याम भुसाललगायतलाई पार्टी विपरीतका गतिविधि गरेको भनी स्पष्टीकरणका लागि पत्र पठाइएको एमाले कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिए। उनका अनुसार महासचिव ईश्वर पोखरेलले चारै नेतालाई स्पष्टीकरण सोधी पत्र पठाएका थिए । चैत…