आफूले जस लिनकै लागि केही स्वार्थी समूहले कमलपोखरीमा क्रक्रिडको प्रयोग गरियो भनेर कुप्रचार गरिएको काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताएका छन् । काठमाडौँ महानगरपालिकाबाट भएको न्यायिक कार्यको निरीक्षण सम्वन्धमा जिल्ला अदालत काठमाडौँका न्यायाधीश राजुकुमार खतिवडा नेतृत्वको टोलीसँगको छलफलमा बुधबार प्रमुख शाक्यले व्यक्तिगत लाभ र राजनीतिक स्वार्थले अदालत र अख्तियारको दुरुपयोग गर्ने प्रवृत्तिलाई निरुत्साह गर्नुपर्ने बताएका…