सरकारले प्रतिबन्धित विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले नेकपा विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो । सरकारले दुई वर्ष अघि विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो । विहीबार बिहान सरकार र विप्लव समूहबीच ३ बुँदे वार्ता भएपछि साँझ बसेको मन्त्रिपरिषदको बैठकले प्रतिबन्ध फुकुवाको निर्णय गरेको हो । …