सरकारसँग तीनबुँदे सहमति भएपछि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) प्रहरी सुरक्षासहित आज राजधानी आउँदैछन्। गाडीमा काठमाडौं आउन लागेका उनलाई प्रहरीले नारायणगढबाट सुरक्षा दिएर राजधानी ल्याउन लागेको हो। सरकार र हिंसात्मक आन्दोलन गरिरहेको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच राजधानीमा जारी वार्ता सफल भएपछि तीन वर्षदेखि भूमिगत विप्लव राजधानी आउन लागेका हुन्। सरकारी वार्ता टोलीका…