नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूह र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विप्लव समूहसँग वार्ता गर्ने विषयलाई प्रचारबाजीको रुपमा प्रयोग नगर्न सरकारलाई सचेत गराएका छन् । विप्लव नेतृत्वको समुहसँग वार्ता गर्नका लागि गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा वार्ता टोली गठन गरेसँगै उनीहरुले सरकार र विप्लव पक्ष दुवैलाई प्रचारवाजी र जनताको भावनासँग खेल्ने काम नगर्न सचेत गराएका…