नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पीडित जातिको प्रतिनिधित्वका लागि आफूले प्राप्त गर्न सक्नेजति उपलब्धि प्राप्त गरेकाले थप उपलब्धिका लागि प्रयासरत रहनु पर्ने बताएका छन् । आदिवासी जनजाति मगर सङ्घको राष्ट्रिय भेलालाई विहिबार सम्बोधन गर्दै उनले कुनै एउटा वर्गको विचारले सम्पूर्णरुपमा जितेर आएको संविधान नभएकाले केही राम्रा र केही नराम्रा…