नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली जस्तो लोकतन्त्र विरोधी र सन्की मान्छेको निर्णयमा देशका संवैधानिक निकायले फैसला नगर्ने बताएका छन् ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले आज काठमाडौंमा गरेको विरोध सभामा उनले यस्तो बताएका हुन् । प्रचण्डले अबको केही दिनमै सिंहदरबार घेर्न आजको जनसभाको भन्दा धेरै नागरिक काठमाडौं आउने पनि बताए…