बुटवल । प्रदेश नम्बर ५ को नाम लुम्बिनी राख्ने प्रस्ताव दुई तिहाइ मतले पारित भएको छ । मंगलबार दिउँसो प्रदेशको नाम लुम्बिनी राख्न गरिएको मतदानमा प्रदेश सरकारको प्रस्ताव दुई तिहाइ मतले पारित भएको हो । प्रदेशको नाम लुम्बिनी राख्ने पक्षमा ७९ जनाले मतदान गरेका थिए भने लुम्बिनी राख्न नहुने पक्षमा ४ जनाले मतदान गरेका थिए…