काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)द्वारा प्रतिनिधि सभाको सभामुखका लागि प्रस्तावित अग्निप्रसाद सापकोटाको विरोधमा आवाज उठ्न थालेको छ । सापकोटालाई सभामुख नबनाउन माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन भइरहेको छ भने शुक्रबार सर्वोच्चमा रिटसमेत दायर भएको छ ।सभामुख निर्वाचनको सबै प्रक्रिया रोक्न माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेका छन्…