काठमाडौं । नेपाली कांग्रेससहित ११ विद्यार्थी संगठनले प्रधानमन्त्री ओली नेतृत्वको सरकारविरुद्ध प्रदर्शन गरेका छन् । नेविसंघ लगायतका ११ विद्यार्थी संगठनहरुले माइतीघरदेखि बानेश्वरसम्म नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।नेविसंघको अगुवाइमा उनीहरुले विद्यालयदेखि विश्वविद्यालय तहसम्म भएका शुल्कवृद्धि रोक्नु पर्ने, देशमा भएका हत्या(हिंसा नियन्त्रण गर्नुपर्ने, कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारालाई सार्वजनिक गरी सजाय दिनुपर्ने लगायतका माग राखेका छन्…