सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीको प्रस्तावित नियमावलीलाई परिमार्जनसहित अन्तिम रुप दिन तीन सदस्यीय कार्य दल गठन गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान बसेको पार्टी सचिवालय बैठकले स्थायी समिति बैठकले दिएको सुझावको आधारमा नियमावलीलाई अन्तिम रुप दिन ३ सदस्यीय कार्य दल गठन गरेको हो ।नेताद्धय बामदेव गौतम, रामबहादुर थापा र महासचिव विष्णु पौडेल…