धनगढी, १५ मंसिर । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न प्रतिनिधिसभा निर्वाचनमा काँग्रेसले पूर्ण बहुमत ल्याउने बताएका छन् । नेपाल प्रेस युनियन कैलालीले आज बिहान धनगढी विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा संक्षिप्त कुरा गर्दै प्रधानमन्त्री देउवाले काँग्रेसको बहुमत आउनेमा कुनै शंका नगर्न आग्रह गरे । उनले भने, “निर्वाचनले देशभर उत्साह थपिएको छ, हाम्रो बहुमत स्पष्ट आउँछ,…