भक्तपुर, २४ भदौ । पूर्वअर्थमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले पैसा, पद, प्रतिष्ठा र सत्तामा बढी ध्यान दिँदा नेपाली काँग्रेस पछाडि परेको बताएका छन् । आज नेपाली काँग्रेस मध्यपुर थिमिनगर कार्यसमितिले यहाँ आयोजना गरेको बिपी कोइरालाको १०४ आँै जन्मजयन्तीको अवसरमा आयोजित वर्तमान राजनीतिक परिप्रेक्षमा बिपीको विचारको सान्दर्भिकता विषयक विचार गोष्ठीमा उनले यस्तो बताएका…