काठमाडौँ, ३१ साउन ।व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का भीमबहादुर रावलले बाढी पहिरो समस्याको दीर्घकालीन समाधानका लागि सरकारले उचित नीति र कार्यक्रम तथा निर्णय लिनुपर्ने भन्ने जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गरे ।नेता रावलले मुलुकका दक्षिणी सीमा नजिक भारतले एकतर्फी रूपमा बनाएको तटबन्ध र बाँधका कारण यस्तो विकराल समस्या आएको जिकिर…