भद्रपुर, २५ असार । स्थानीय सम्पन्न दोस्रो चरणको निर्वाचनअन्तर्गत अर्जुनधारा नगरपालिकाको अन्तिम परिणाम आज साँझमा आउने भएको छ ।अहिलेसम्ममा २८ हजार ४६२ मतगणना भइसकेकामा नेकपा (एमाले)का तर्फबाट प्रमुख पदका उम्मेदवार हरिकुमार राणाले १३ हजार २५४ मत प्राप्त गरी अग्रता कायम गर्नुभएको छ । त्यस्तै नेपाली काँग्रेसका हेमराज खरेलले नौ हजार १६६ मत प्राप्त गर्नुभएको छ…