काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारद्वारा सिफारिस गरिएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) ऐन संशोधन सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाएका छन् । राष्ट्रपति कार्यालयले आइतबार विज्ञप्ति जारी गर्दै अध्यादेश पुनर्विचार गर्नुपर्ने देखिएकाले फिर्ता पठाइएको जानकारी दिएको छ । यसअघि सरकारले सिफारिस गरेका सातवटा अन्य अध्यादेशहरू भने राष्ट्रपतिले जारी गरिसकेका छन् । यी…