काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले फौजदारी अपराधका मुद्दामा कसुरदारबाट नै पीडितलाई क्षतिपूर्ति (बिगो) अनिवार्य रूपमा दाबी गरी अनुसन्धान र अभियोजन गर्न मुलुकभरका सबै सरकारी वकिलहरूलाई सर्कुलर जारी गरेको छ। महान्यायाधिवक्ता कार्यालयको व्यवस्थापन समितिको निर्णय र सरकारी वकील सम्बन्धी नियमावली, २०७७ को नियम ४२ बमोजिम जारी गरिएको यो निर्देशनमा बिगो दाबी, अन्तरिम राहत र क्षतिपूर्तिका स्पष्ट मापदण्ड…