काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले हालैको जेनजी आन्दोलनले देशमा केवल सरकार परिवर्तन गरे पनि व्यवस्था उही रहेकाले अन्तरिम सरकारलाई पाइलापाइलामा काम गर्न कठिन भइरहेको बताएका छन् । प्रधानमन्त्री सुशीला कार्कीसहित घाइते जेनजीहरूसँगको भेटवार्ताका क्रममा मन्त्री खरेलले यस्तो धारणा राखेका हुन् । "यसअघिका आन्दोलनहरूले व्यवस्था नै परिवर्तन गरेका थिए, तर योपटक जेनजी आन्दोलनले…