काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार साँझ ५ः१५ बजे त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका थिए । पत्थरीको अप्रेशनपछि उपचाररत् ओलीसँग प्रचण्डले करिब ३० देखि ४० मिनेटसम्म कुराकानी गरे । एमाले सचिव पद्मा अर्यालले प्रचण्डको भेटलाई स्वास्थ्य लाभको शुभकामनासँग जोड्दै “उहाँ स्वास्थ्यलाभको कामना गर्न आउनुभएको हो” भन्ने…